काठमाडाैँ - देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए ।…