नागपुरको कारखानामा विस्फोट, १७ जनाको मृत्यु

काठमाण्डु– भारतको महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। आइतबार बिहान ६ः३० बजे एसबीएल एक्सप्लोसिभ्स कम्पनीमा भएको विस्फोटमा परी १८ जना घाइते भएका छन्। घाइतेहरूको नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचार भइरहेको छ। मुख्यमन्त्री देवेन्द्र फडणविसले मृतकका परिवारलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यो कम्पनी नागपुरबाट…