सिरियामा विद्रोही र सरकारी सेनाबीच तीन दिनदेखि झडप, २०० मारिए

काठमाडाैं–सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिनदेखि चल्दै अाएकाे विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा दुर्इ सय जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएका छ । झडपमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मी सिरियाको पूर्वी क्षेत्रमा मारिएका छन् । इस्लामिक स्टेट (आइएस) लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताले…