सम्पत्ति विवरण गोप्य राखेर मन्त्रीहरू चुनावी मैदानमा

काठमाण्डु - भदौमा भएको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारमा सहभागी भएका चार मन्त्री राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । निर्वाचनमा होमिनुअघि उनीहरूले आफ्नो पदबाट राजीनमा दिएपनि सम्पत्ति विवरण भने गोप्य राखेका छन् । चारै जना मन्त्रीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारी दिएका छन् । कार्की सरकारमा रहेका भौतिक पूर्वाधार तथा…