काठमाण्डु – माघ १० गते शनिवारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । बुधबार काठमाण्डु महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जलि सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरूको सम्झनामा स्मृति सभा गर्ने…