काठमाण्डु– बिहीबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल भ्रमणमा आउने भएको छ । जेनजी आन्दोलनपछि चीनबाट पहिलो उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउन लागेको हो । जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति, चुनावलगायतका विषयमा बुझ्न यो टोली नेपाल आउन लागेको बताइएको छ । उनीहरुले नेपालमा रहेका राजनीतिक शक्तिहरुसँग…