बिग ब्युटिफुल विधेयक पारित, ट्रम्पको महत्त्वपूर्ण जित

काठमाण्डु- अमेरिकी कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेर घरेलु मुद्दामा उनलाई निकै महत्त्वपूर्ण जित दिलाएको छ। क्यापिटल हिलमा भएको रस्साकस्सीपश्चात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई बिहीवार पारित गरेको हो । उक्त विधेयकको पक्षमा २१८ र विपक्षमा २१४ मत परेको थियो। मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा १ मतको अन्तरले…