गृहमन्त्री थापाद्वारा पाँच वार्षिक प्रतिवेदन पेश

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३-७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन्। त्यसैगरी, उनले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा…