काठमाडौं- थाइल्यान्डको थाइ- लायन एयरले (भोली) बुधबारबाट काठमाडौं बैंकक उडान थाल्ने भएको छ । थाइ–लायनले नेपालमा बोइङ ७३७–८०० जहाजबाट उडान गर्नेछ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको छ । मध्याह्न पौने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमान दिउँसो पौने २ बजे थाइल्यान्डका लागि उड्नेछ…