काठमाण्डु–अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा–५ मा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेलाई जिस्काउने र बिच्काउने काम महंगो पर्ने बताएका हुन् । उम्मेदवारी दर्ता गर्न ओली जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो। उक्त घटनाप्रति संकेत गर्दै ओलीले भने ‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन…