महाकाली किनारमा भेटियो मजदूरको शव

भीमदत्तनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा मंलबार बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् । दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् । घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा…