काठमाण्डु- लोकप्रिय सामाजीक सञ्जाल टेलिग्राम एप नेपालमा बन्द भएको छ । अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।