मन्त्री र सचिवहरूको कार्यकक्षमा सीसीटीभी राख्न देवकोटाको प्रस्ताव

काठमाण्डु – राष्ट्रियसभा पूर्व सदस्य तथा संघीयता विज्ञ डा. खिमलाल देवकोटाले मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सीसीटीभी राख्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भ्रष्टाचार नियन्त्रणका लागि धेरै पहिलेदेखि नै विषय उठाएको स्मरण गराए । उनले भने, ‘मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सीसीटीभी राख्नुपर्छ । भ्रष्टाचारको जड र अखडा मन्त्री र सचिवहरूमा…