संयमता अपनाउन र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न भारतको आग्रह

काठमाण्डु - नेपालको चर्किएको जेन जी प्रदर्शनमा भारतले सबै नेपालीलाई संयमता अपनाउन आग्रह गरेको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ। मन्त्रालयले भनेको छ, ‘हामी हिजोदेखि नेपालमा भएका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरूको ज्यान गएकोमा गहिरो दुःखी छौं। हाम्रो विचार र प्रार्थना मृतकका…