युट्युबरसँग सभामुख अर्यालको दिक्दारीः युट्युबरलाई सम्हाल्दिन पत्रकारहरुसँग सहयोग माग

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले संघीय संसदमा सामाजिक सञ्जाल युट्युबको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारसँग सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार भएको अन्तरक्रियामा अर्यालले युट्युबरहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । युट्युबकर्मीमा एउटाले सोधेको प्रश्नको जवाफ दिई नसक्दै अर्काले प्रश्न थप्ने प्रवृत्ति रहेको टिप्पणी उनको थियो । जिम्मेवारीमा रहेका आफूहरुले अनुभव वा क्षमता…