काठमाडौं - युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख ध्रुव पौडेलले ‘मेडिकल कलेजहरुले पैसा खुवाएर अदालतबाट मुद्धा जित्छन् र अहिले पनि न्यायाधीशहरु लाइनमै छन्’ भनेपछि न्याय परिषदले २१ भदौ २०७१ मा ‘मेडिकल कलेज सम्बन्धि मुद्धामा भएका आदेशहरु अध्ययन गर्न’ दूइ सदस्य समिति बनायो । न्यायपरिषदका सदस्यहरु रामप्रसाद सिटौला र रामप्रसाद श्रेष्ठको समितिलाई ती आदेश अध्ययन गर्ने जिम्मेवारी…