प्रहरीले हान्यो रबरको गोली, पत्रकारसहित ७ जना घाइते

काठमाण्डु– जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढासहित उक्त गेटको पर्खाल भत्काएपछि आगजनी गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न संसद भवन भित्रबाट लगातार रबरको बुलेट हानेको छ । गोली लागेर ६ जना घाइते भएका छन् । ३ जना प्रदर्शनकारीको खुट्टा, एक जनाको टाउको र अन्यकाे हात पाखुरामा…