काठमाण्डु – नेकपा एमाले र नेपाल परिवार दलबिच चुनावी सहकार्यमा सहमति भएको छ । आईतबार साँझ २ दलबिच आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमतिअनुसार नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेश सभामा गराउन सहयोग गर्ने…