काठमाडौं - नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२-७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ…