काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ । भेटबार्तामा राष्ट्रपति भण्डारी र प्रचण्डबीच राष्ट्रियसभासम्बन्धी अध्यादेशका बारेमा छलफल भएको जनाईएको छ । पछिल्लो समयमा राष्ट्रपति भण्डारीले राजनीतिक परामर्शका लागि विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्दै आएकी छन् । राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्वन्धी…