नेपालमा १५ अर्बमा सिमेन्ट उद्योग स्थापना गर्दै चिनियाँ कम्पनी, लगानी बोर्डसँग सम्झौता

काठमाडौं– चिनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ।       लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधबार सम्झौता भएपछि नेपालमा चिनियाँ कम्पनीको सिमेन्ट उद्योग खुल्ने पक्का भएको हो।     लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर…