काठमाण्डु- ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत फागुनमा हुने प्रतिनिधिसभा चुनावमा गोरखा-१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । गुरुङले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर-१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।…