त्यो सानो घर, जहाँबाट देशले उपसभामुख पायो (तस्बिरसहित)

काठममाण्डु - धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, यो कुनै शान्त ग्रामीण भेगको गाउँ हो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एकतल्ले सानो घर छ । घरको मोहडामा ग्रिल लागेको एउटा झ्याल छ । बाहिरबाट हेर्दा अत्यन्तै साधारण देखिने यही घरकी सदस्य हुन् २५ वर्षीया रुबी…