काठमाण्डु- नेपाली कांग्रेसले २७ र २८ पुसमा हुने विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन् । २७ पुस आइतबारको मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने भएका हो । ललितपुरको कुपण्डोल, काठमाण्डुका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ निकालिने महाधिवेशन आयोजक समितिले जनाएको छ…