कारागारमा कैदीको मृत्यु प्रकरणमा प्रहरीका सई नाथ पक्राउ

धनगढी – कैलाली कारागारमा भएको हरिसिंह पालीको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय पालीको कैलाली कारागारमा पुगेकै दिन रहस्यमय मृत्यु भएपछि अनुसन्धानका लागि सई नाथलाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले…