काठमाण्डु - लगातारको वर्षासँगै बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी आएको छ । बबई नदीअन्तर्गत बाँकेको बार्गदह, बर्दियाको रानीजरुवा, कुर्मागाउँ र रम्भापुर तथा दाङको पदमपुरमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बर्दियाकै दौलतपुरमा रहेको कर्णाली नदीमा पनि बाढी आएको छ । नारायणी नदीअन्तर्गत बागलुङको बोबाङ, पाल्पाको जाल्पा…