प्रचण्ड आज दिल्ली जाँदै

काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल आइतबार दिल्ली जाँदैछन् । नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।…