काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बारे कानूनविद्हरूसँग छलफल गरेका छन्। शनिबार उनीहरुले महाराजगञ्जस्थित एक होटलमा विशेष महाधिवेशन बोलाउनबारे कानुनीहरूसँग परामर्श लिएका हुन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोजको २९ गते विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाएका थिए। तर बहुमतले विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेपछि महामन्त्रीद्वयले विधानअनुसार बोलाउने तयारी…