भारत–चीन लिपुलेक सहमतिमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शनिबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषय भारत–चीन सहमतिबारे स्पष्ट आपत्ति जनाएका छन् । भेटबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउनेबारे गरेको सहमतिमा राष्ट्रपति सीसँग आपत्ति जनाएका हुन् । सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली…