काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधान र सर्वसम्मत निर्णयभन्दा बाहिर गएर गरिने कुनै पनि महाधिवेशन वा अधिवेशनका गतिविधिहरू अवैध हुने स्पष्ट पारेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा १५औं महाधिवेशनको नियमित प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा अर्को विशेष महाधिवेशनको माग गर्नुको कुनै अर्थ नरहेको उल्लेख गरिएको छ । विधान विपरीतका गतिविधिमा…