काठमाण्डु– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो । जिल्ला…