काठमाण्डु – ‘जय मातृभूमि पार्टी’ले आधिकारिकता पाएको छ । राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियानसहित एकीकरण गरी बनेको ‘जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाणपत्र प्रदान गरेको छ । मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर…