समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक आह्वान

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिक उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ । आईतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको जनाइएको छ । फागुन २१ गते हुने निर्वाचनको लागि समानुपातिक उम्मेदवार १४ गतेभित्रमा बुझाउनुपर्नेछ ।