ज्येष्ठ सदस्य केसीको शपथ आज, भोलि अन्य सांसदको, पर्सी प्रधानमन्त्रीको शपथ

काठमाण्डु - प्रतिनिधिसभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित…