भारतमा राधाकृष्णन उपराष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाण्डु - भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)ले सत्तारुढ नेस्नल डेमोक्रेटिक अलाइन्स (एनडीए)को तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारमा सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने भएको छ । आगामी सेप्टेम्बर ९ मा हुने उपराष्ट्रपति पदका लागि निर्वाचनमा एनडीएले महाराष्ट्रका राज्यपाल राधाकृष्णनलाई उम्मेदवार घोषणा गरेको छ। उनी पार्टीको तमिलनाडु एकाइका पूर्वअध्यक्ष र राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस)का अनुभवी नेता हुन्। केरला, तेलंगाना…