पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीको सपथ लिँदै

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् हेरफेर गर्दै परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गर्दैछिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबार नै परराष्ट्रमन्त्रीका रूपमा सपथ लिँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथग्रहणको तयारी राष्ट्रपति कार्यालयले गरिसकेको छ । यद्यपी सपथग्रहणको समय अहिले तय भइसकेको छैन…