नेकपाका संयोजक प्रचण्ड र मन्त्री खरेलबिच भेटवार्ता

काठमाण्डु - निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ। यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निवास खुमल्टारमा भेटवार्ता गरेका छन‍्।  भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी…