काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन् । आईतबार काठमाण्डुमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटले विजयको यस घडीमा उभ्याएको बताए । पोखरेलले भने, ‘हामीले यो मुलुकलाई परिवर्तन गर्नुपर्छ, मुलुकलाई यथास्थितिमा राख्न सकिन्न । यो मुलुकको आवश्यकता हो, नागरिकहरूको चाहना…