काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन्। उनले शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाण्डु विश्वविद्यालय (केयु)को ३०औं दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए। ‘दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई…