रास्वपाले आजदेखि नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ । ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते २ दिन चल्नेछ । कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले…