काठमाण्डु- बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना युवक सम्पर्कविहीन भएका छन् । फागुन २३ गते बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका उनीहरु ९ दिनदेखि सम्पर्कविहीन भएका हुन् । बेपत्ता हुनेमा सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री…