काठमाण्डु- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को अभिव्यक्तिप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो। साम्बाले आज सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेकी थिइन्। साम्बाले एन्फाबाट सहयोग नपाएको गुनासो गर्दै शल्यक्रियाका लागि…