काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली पुगेका छन् । जेठ २२–२४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका छन् ।…