राजनीतिक मतभिन्नतालाई हिंसामा बदल्नु स्वीकार्य हुँदैन : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा उत्पन्न तनावपूर्ण अवस्था र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्थिति थप जटिल नबनोस् भनेर सबै पक्षलाई संयमित रहन उनले आग्रह गरेका हुन् । संयोजक प्रचण्डले लोकतन्त्रमा राजनीतिक मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसामा बदल्नु कुनै पनि रूपमा स्वीकार्य नहुने बताए…