कहिले सकिएला मुग्लिन-मलेखु सडकको निर्माण ?

काठमाण्डु - सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ । २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम…