काठमाण्डु – प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा नेकपा एमालेले प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँगको भर्चुअल बैठकमार्फत छलफल भएको हो । बैठकको आरम्भमा पार्टी उपाध्यक्ष तथा संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले…