महिला टी-२० विश्वकपको एसिया छनोट : नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डु- महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो दिन नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ। नेपाल रहेको समूह ‘सी’ हङकङसँगै बहराइन पनि छ। छनोट खेलका लागि नेपाली महिला टोली यसअघि नै थाइल्यान्ड पुगेर अभ्यास गरेको छ । एसिया छनोटमा ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको…