प्रधानन्यायाधीश राउतको नेतृत्वमा सर्वोच्चको टोली बंगलादेश प्रस्थान

काठमाण्डु – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि शनिबार ढाका प्रस्थान गरेका छन् । प्रधानन्यायाधीश राउत बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रिफात अहमदको मैत्रीपूर्ण निमन्त्रणामा कात्तिक १५–१८ गतेसम्म हुने भ्रमणका लागि बङ्गलादेश एयरलाइन्सको विमानबाट प्रस्थान गरेका हुन् । भ्रमण दलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपनाप्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र…