काठमाण्डु - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय छवि निर्माणसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्र अहिले चुनावी बहसको केन्द्रमा पुगेको छ । दलहरूले दिगो पर्यटन, धार्मिक पर्यटन, डिजिटल पर्यटन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय…