कांग्रेसका बारा जिल्ला सभापति यादव निलम्बित, ४ नेतालाई निर्देशन र सफाइ

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा छानबिन भइरहेका बेला उनलाई पदबाट निलम्बन गरिएको हो । समितिको बिहीबार बसेको बैठकले यादवलाई निलम्बन गर्नुका साथै अन्य ४…